२८, डडेल्धुरा
डडेल्धुरा जिल्ला सदरमुकाममा सम्पन्न भएको निम्न माध्यामिक विद्यालयको अध्यापन अनुमति पत्र (लाईसेन्स) परिक्षाका का लागी सुदुरपश्चिमका विभिन्न जिल्ला बाट सहभागी हुन आएका परिक्षार्थिहरु लाई नेपाली कांग्रस विपि डडेल्धुराले विभिन्न सहयोग प्रदान गरेको छ । सुदुरपश्चिमका कैलाली , कंञ्चनपुर तथा डडेल्धुरा जिल्लाका विभिन्न विद्यालयहरु लाई परिक्षा केन्द्र तोकिएकोमा कुल ३ हजार २४७ परिक्षार्थिहरुका लागी डडेल्धुरा जिल्लाका विभिन्न ११ वटा सरकारी तथा निजि विद्यालयहरु लाई परिक्षा केन्द्र तोकि अध्यापन अनुमतिपत्रको परिक्षा आज विहान ८ बजे देखी ९ बजे सम्म सम्पन्न भएको हो ।
अनुमतिपत्र परिक्षामा सहभागी हुन आउने परिक्षार्थि तथा आफन्तको लागी नेपाली कांग्रेस विपि द्धारा किशुनजी स्मृती भवन बागवजार डडेल्धुरामा २६ गते राती ९१ जना तथा २७ गते राति १२५ जना लाई निशुल्क बासको व्यवस्था गरेको थियो । यसै गरि डडेल्धुरा सदरमुकाम बाट विभिन्न तिन वटा रुटमा परिक्षार्थिहरु लाई ल्याउन र पुरयाउनका लागी निशुल्क बस सेवा उपलब्ध गराएको थियो । डडेल्धुरामा रहेका ११ वटै परिक्षा केन्द्रमा स्वयमसेवक परिचालन गरि निशुल्क शुद्ध खानेपानी तथा मास्क वितरण गरेको नेपाली काग्रेश विपि सम्वद्ध नेशनल युथ कंग्रेश का केन्द्रि सदश्य युवराज पाण्डेयले बताए ।
सेवा नै मुल धर्म हो भन्ने मुल नाराका साथ विभिन्न सेवाहरु सहित परिक्षार्थि लाई उहाँहरुको सफलताको शुभकामना पनि दिईएको नेपाली कांग्रेश विपि डडेल्धुरा सचिव शन्तोष देउवाले बताउनु भयो ।
यसका साथै परिक्षामा सहभागी हुन आएका सहभागी तथा आफन्तहरु लाई डडेल्धुरा जिल्लामा बासको व्यवस्थापनको लागी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बेस क्याम्पले समन्व्यकारी भुमिका खेलेको थियो भने होटेल व्यवसायि संघ, अमरगढी नगरपालिका, नेपाली कांग्रेश जिल्ला कार्य समिति , नेकपा एमाले, नेपाली कांग्रेश विपि, नेपाल पत्रकार महासंघ, खलंगा खानेपानी उपभोक्ता समिति, योग समिति डडेल्धुरा, निर्माण व्यवसायी संघ, उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसायटी, कृषि ज्ञान केन्द्र, डडेल्धुरा क्याम्पस, डडेल्धुरा अस्पताल, डडेल्धुरा आँखा अस्पताल, नेकपा समाजवादी,क्याम्व्रीज पव्लिक स्कुल, सरस्वती मा.बी. भात्काडा लगायत का विभिन्न निकाय तथा व्यक्तिहरु ले बासको व्यवस्थाको लागी सहयोग गरेका थिए ।
परिक्षार्थि लाई सहयोग गर्ने क्रममा सहभागी हुनु भएका सम्पूर्ण स्वयमसेवकहरु लाई नेपाली कांग्रेश विपिका सचिव सन्तोष देउवाले धन्यवाद दिदै परिक्षाको क्रममा सहकार्य गर्नुहुने सम्पूर्ण शुभचिन्तक एबं परिक्षार्थिको विभिन्न व्यवस्थापनमा सहयोग गर्नुहुने सबै जना धन्यवादको पात्र भएको बताए ।