जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२७ साउन

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके बैजनाथ
गाउँपालिका-१ गाभरमा कुखुरा फर्म संचालन गरी बस्ने डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-
९ घर भएका २३ वर्षीय प्रकाश रोकायलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशले ती किशोरीलाई कोहलपुर नगरपालिका-११ दशविगाहास्थित ईन्द्रेणी
होटेल एण्ड लजमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी
कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You might also like