डेढ किलो चरससहित शसस्त्रका जवान धनगढीबाट पक्राउ

२३ साउन

बझांग दुर्गाथली गाँउपालिका वडा नं.४ घर भएका शसस्त्र प्रहरीका जवान गणेश प्रसाद जोशी शुदुरपश्चिमको राजधानि धनगढीमा आज डेढ किलो चरस सहित पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको बनबेहडामा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ।

धनगढीको सिटी होटेलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

You might also like