देशको कुन कुन ठाँउमा छ भारि बर्षाको सम्भावना ?

२३ श्रावण २०७९
नेपालमा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। हाल नेपालको प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ।

कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू भागका केही स्थान र बाँकी भू भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी भू भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको कुरा जल तथा मौषम विज्ञान विभाग ले जनाएको छ ।

You might also like