श्रीमानको ज्यान जोगाईदिन यशोदाको आग्रह

डडेल्धुरा-शिक्षण अस्पताल काठमाण्डौको बिस्तरामा छटपटाईरहेका डडेल्धुराका युवा प्रदिप कुमार नगरकोटी को जिवन रक्षाका लागी उनको श्रीमती यशोदा देउवाले सहयोगको आग्रह गरेका छन् ।
२ वर्ष पहिले कलेजोमा समस्या देखिए पछी थला परेका प्रदिप डडेल्धुरा जिल्ला बाट विभिन्न तहका क्रिकेट खेलेका क्रिकेट खेलाडी हुन ।
हाल त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागी पालो कुरेर बसिरहेका प्रदिपको उपचारमा आर्थिक समस्या देखिए पछी सहयोगका लागी उनको श्रीमती यसोदाले अनुरोध गरेकी हुन ।
शिक्षण अस्पतालले यहि फागुन २३ गते शल्यक्रिया गर्ने मिति तय गरेको छ भने अस्पतालले उनको उपचारमा कम्तिमा ३५ लाख खर्च हुने बताएको छ ।
आफु संग भएको सबै नगद तथा गहनाहरु विक्रि गरेर हाल सम्मको उपचार खर्च बेहोरेको र थप उपचारका लागी रकम अभाव भएको यसोदाले बताएकी छिन् ।
प्रदिपको उपचारमा सहयोग गर्न चाहनेले यसोदा देउवाको नाममा माछापुछ्रे बैंकमा रहेको खाता नम्बर १६७०९७६७२२२०००१६ मा रकम जम्मा गरिदिन वा मोबाइल नम्बर ९८६८८५८९१४ मा सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेकी छिन्।

You might also like