२२ श्रावण २०७९
डडेल्धुरा जिल्ला सदरमुकाम स्थित डडेल्धुरामा ५ दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुषमा मेमोरियल अस्पताल काठमाण्डौको प्राविधिक सहयोग तथा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक को समन्वय तथा डडेल्धुरा अस्पतालको आयोजनामा सम्पर्क भएको उक्त ५ दिने निशुल्क स्वास्थ्य शिविर को उद्घाटन सुदुरपश्चिम प्रदेशका सामाजिक मन्त्रि गोबिन्द राज बोहरा ले यहि २०७९ श्रावण १७ गतेका दिन गर्नुभएको थियो ।
आगोले पोलेका कुल १०९ जनाको शल्यक्रिया सम्पन्न गरिएको उक्त निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा ३७९ जनाको स्वास्थ्य परिक्षण भएको र ६० जना बिरामी लाई थप उपचारका लागी शुषमा मेमोरियल अस्पपताल काठमाण्डौ रिफर गरिएको डडेल्धुरा अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनु भयो, अध्यक्ष ओझाका अनुसार शिविरमा पहिचान गरिएका ति सबै ६० जनाको उपचार काठमाण्डौमा निशुल्क हुनेछ ।