२१ श्रावण २०७९
डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २१ औँ साधारणसभा तथा छैटौँ अधिवेसनको बन्द सत्र आगामी श्रावण२८ गते हुने भएकोछ । हिजो निर्माण व्यवसायी संघको सभाहलमा एक कार्यक्रमका विच सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्रि गोविन्द राज जोशीले साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
समितिका अध्यक्ष रविन्द्र के.सी.को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्रि बोहराले महशुल घटाउनको लागी प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउदै ‘संघीय सरकारमार्फत बजेट विनियोजनका लागि पनि पहल गर्ने प्रतिवद्धता जनाउन चाहन्छु।’भन्नु भयो ।
खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले हाल सम्म जम्मा एक हजार ५२५ धारा वितरण गरेकोमा असार मसान्तसम्म एक हजार ५४ जनाले मात्रै नविकरण गरेका थिए। बन्दसत्रमा ५० प्रतिशतभन्दा बढीको उपस्थिती हुनुपर्नेमा नहुँदा बन्दसत्र स्थगित भएको हो ।
२०३४ सालमा जिल्ला खानेपानी कार्यालय मार्फत खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति अन्तगर्त खानेपानी याृजना निर्माण सुरु भएको थियो। २०५६ सालमा एशियाली विकास बैंकको सहयोग र खानेपानी डिभिजन कार्यालय डडेल्धुरामार्फत कार्य सम्पन्न गरी व्यवस्थापनको जिम्मेवारीसहित उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो। खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २, ४, ५ र ८ का विभिन्न समुदायहरुमा खानेपानी वितरण गर्दै आएको छ।
समिति ले हिजो एक सुचना प्रकासित गर्दै बन्दसत्र आगामी श्रावण २८ गते हुने जनाएको छ ।