भिम रावललाई साथ दिने अछामका ६ एमाले नेताको जिम्मेवारी खोसियो

नेकपा एमाले अछामले पार्टीबाट निकालिएका पूर्वउपाध्यक्ष भिम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा संग्लग्न भएको भन्दै बुधबार ६ जनालाई पार्टी कमिटीको पदीय जिम्मेवारीबाट हटाएको छ ।

केही पार्टी सदस्यहरुले पार्टीका आधिकारिक व्यक्तिलाई एमाले छोडेको भन्ने भ्रमपूर्ण समाचारलाई सामाजिक संजाल तथा सञ्चारमाध्यमबाट सम्प्रेषण गरेको, पार्टीलाई कमजोर पार्न सञ्चालन गरिएको मातृभूमि जागारण अभियान नामक जुलुसमा समावेश भई पार्टीविरुद्ध र प्रधानमन्त्री एवं पार्टी अध्यक्षका विरुद्धमा लागेको भन्दै ६ जनालाई हटाएको हो ।

जसमा जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुवँरलाई जिम्मेवारीबाट हटाइएको छ ।

You might also like