डडेल्धुराका एक युवा अवैध लागूऔषध सहित कैलालीमा पक्राउ

कैलाली-सदूपश्चिम प्रदेशको धनगढी बाट आज एक जना लाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका १ अस्पताल रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित डडेल्धुरा जिल्ला अजयमेरू गाउँपालिका वडा नं. ५ घर भएका २० वर्षीय निरन्जन पन्तलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकोछ ।

You might also like