डडेल्धुरा अस्पतालका पूर्वअध्यक्ष सिंह दोेषी ठहर

डडेल्धुरा-डडेल्धुरा अस्पताल विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण सिंह नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले उनलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ भदौ ०८१ मा उनीमाथि मुद्दा चलाएको थियो । उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो ।

सिंहलाई ६ महिना कैद तथा १० हजार जरिवाना हुने सजाय सुनाइएको छ । विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । उनले इन्टरमिडियट र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो ।

You might also like