परशुरामधाम क्षेत्र संरक्षण र विकास कार्यकारी समिति गठनः अध्यक्षमा मिन बहादुर चन्द

पदम जोरा

डडेल्धुरा-डडेल्धुराको परशुराम नगरपालिका द्वारा परशुरामधाम क्षेत्र संरक्षण र बिकास कार्य समिति गठन गरिएको छ ।
परशुराम नगरपालिकाको परशुराम क्षेत्र संरक्षण र विकास सम्बन्धि ऐन २०८१ बमोजिम नगर कार्यपालिका बैठकले परशुराम नगरपालिका वडा नं.५ का पूवै वडा अध्यक्ष मीन वहादुर चन्दको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।


नगरपालिकाको मिति २०८१ असारमा सम्पन्न १५ औं नगरसभाले परशुराम धामको प्रचार, प्रसार, संरक्षण, सम्बर्धनका लागि सर्वसम्मतबाट ऐन पारित गरेको थियो ।
स्थानीय सरकारको मातहतमा रहने गरि ऐनमा भएको व्यवस्था अनुसार समिति गठन गरिएको नगर प्रमुख भरत वडायर जोशीले वताए ।
परशुराम क्षेत्र संरक्षण र विकास सम्बन्धि ऐन २०८१ अनुसार समितिको उपाध्यक्षमा वडा नं. ४ का गोपालदत्त जोशी,वडा नं. ५ का वडा अध्यक्ष दिल वहादुर शाहि (पदेन सदस्य),वडा नं. ६ का धन वहादुर धामी, वडा नं. ०४ का तिर्थराज अवस्थी र वडा नं. १२ का प्रकाश चटौत नियुक्त भएका छन । त्यसै गरि सदस्य सचिवमा वडा नं.५ का वडा सचिव लाई नियुक्त गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।


सुदूरपश्चिम प्रदेशको प्रशिद्ध धार्मिक तथा पर्यटकिय तिर्थको रुपमा मानिने परशुरामधामको सम्पुर्ण स्वामित्व स्थानीय सरकार परशुराम नगरपालिकामा रहने जारी ऐन मा व्यवस्था छ ।
जिल्ला प्रशासन कार्यालय सहितका निकायमा दर्ता भइ क्रियाशिल परशुराम क्षेत्र विकास समितिको क्षेत्राधिकार भने एक गैर सरकारी संस्था सरह रहने भएको छ ।
नव गठित समितिको काम कर्तव्य र अधिकार पनि ऐनको व्यवस्था अनुसार हुने जनाइएको छ ।
उक्त ऐन राजपत्रमा प्रकाशित भईसकेको छ । नेपालको संविधान २०७२ को अनुसुचि ०८ धाराको ५७, उपधारा ९४०, धारा २१४ को उपधारा (२) धारा २२१ को उपधारा (२) धारा २२६ को उपधारा (१) संग सम्बधित स्थानीय तहको अधिकार सुचिको क्र.सं.२२ मा उल्लेखित भाषा, संस्कृति र ललितकलाको संरक्षणको अधिकार क्षेत्र भित्र रहि धार्मिक, पर्यटकिय क्षेत्रको संरक्षण, सम्बर्द्धन, भौतिक पुर्वाधार निर्माण गरी सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ऐनको व्यवस्था अनुसार ७ सदस्यीय समिति गठन गरेको हो ।

You might also like