कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-२ मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलको यात्रा तय गरेको हो ।

यससँगै तेस्रो स्थानमा रहँदै कर्णालीको यात्रा टुङ्गिएको छ । अब शनिबार हुने फाइनलमा जनकपुर र सुदूरपश्चिम रोयल्सबीच उपाधिका लागि भिड्ने छन् ।

कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरका लागि जेम्स निशमले ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का लिए ।

You might also like