अन्तरपालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सम्पन्न

डडेल्धुरा-डडेल्धुराको आलितालमा सम्पन्न अन्तर पालिका स्तरिय वक्तित्वकला प्रतियोगितामा पशुरामनगरपालिका को भागेश्वर माध्यमिक विद्यालयकी छात्रा तिर्था माल प्रथम भएकी छीन् ।


सन २००३ देखी नेपालमा मनाउन थालिएको डिसेम्बर ११ अर्थात अन्तराष्ट्रिय पर्वत दिवसको अवसरमा आलिताल गाँउपालिका, आक्सफाम नेपाल र ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराको संयुक्त आयोजनामा भएको “चुरे संरक्षण गर्नु भनेको, हाम्रो पानी संरक्षण गर्नु हो” बिषयक वक्तित्वकला प्रतियोगितामा सहभागि अन्य ६ जनालाई पछि पार्दै माल प्रथम भएकी हुन् ।
यसै गरी द्वितिय रामपुर मा.बी. जोरायल २ बुडर , डोटीका छात्रा भावना बोहरा, तृतिय दुर्गा मावि आलिताल ८, डोलाका छात्रा रबिना बोहरा र चौंथोमा कृष्णकालिका मावि आलिताल ४ घरेलु दिपेश धामीले स्थान बनाएका थिए । विजेताहरुलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र १ हजार ५ सय नगत प्रदान गरिएको थियो ।

 

You might also like