‘असुरक्षित ऋण लगानी नै भाखा नाघ्नुको मुख्य कारण’

डडेल्धुरा- असुरक्षित ऋण लगानी नै भाखा नाघ्नुको मुख्य कारण रहेको एक कार्यक्रममा निष्कर्ष निकालिएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि(नेफ्स्कून) सदस्य सेवा कार्यालय डडेल्धुराको आयोजनामा सञ्चालन भएको २ दिने भाखा नाघेको ऋण व्यवस्थापन तालिमका सहभागीहरुले उक्त जानकारी पाएको जनाएका हुन् ।

सहकारीहरुको वर्तमान अवस्थाका रहेको प्रमुख समस्या मध्य भाखा नाघेको ऋण पनि रहेको भन्दै जानकारी पाएको सहभागीहरुले बताएका छन् । बान्नीमष्टा बचत तथा ऋण सहकारी संस्था लि. बझाङका ऋण उपसमिति संयोजक मानबहादुर सिंहले ध्यान दिएर लगानी गर्ने हो भने कुनै पनि ऋणको भाखा ननाघ्ने कुरा तालिमबाट सिकाइ भएको बताए । उनले अब आफ्नो सहकारीमा तालिममा सिकेका कुरा लागू गर्ने बताए ।

उमेरले ६९ वर्ष पुगेका सिंहले १८ र १९ गते भएको उक्त तालिममा सक्रियतापूर्वक सहभागिता जनाएका  थिए । सो तालिममा बझाङ, बैतडी, डडेल्धुरा, डोटी र अछामका २० साकोसबाट १० जना महिलासहित २१ जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुले सुरक्षित ऋण लगानी नै महत्वपूर्ण रहेको कुरा तालिमबाट ज्ञान भएकोले सोही बमोजिम आफ्नो संस्थामा लागू गर्ने प्रतिवद्धता जनाएका छन् ।

तालिम समापन समारोहमा जिल्ला बचत संघ अछामका अध्यक्ष चन्द्र भण्डारीले सहकारीको महत्वपूर्ण सम्पत्ती नै ऋण भएकाले ऋण लगानीलाई सुरक्षित गर्न अनुरोध गरे । तालिममा सिकेका कुराहरुलाई आफनो सहकारी गएर अरुलाई पनि सिकाउनुका साथै आफूले लागू गर्न समेत उनले अनुरोध गरे ।

अध्यक्ष भण्डारीले नियामक निकायले दिएका प्रत्येक निर्देशनको पूर्ण पालना गरि भविष्य हुने संकटबाट समेत बच्न अनुरोध गरे ।

२ दिने तालिमको सहजीकरण नेफ्स्कून रोष्टर प्रशिक्षक छविलाल जैसीले गरेका थिए भने तालिमको समग्र व्यवस्थापन संघको सदस्य सेवा कार्यालय डडेल्धुराका प्रमुख धर्मराज जोशीले गरेका थिए ।

You might also like