डडेल्धुराको बागबजारबाट खगेन्द्र पक्राउ, के हो कारण ?

डडेल्धुरा- चरेश मुद्दामा फरार रहेका डडेल्धुराको एक जना पक्राउ परेका छन् ।

जिल्ला अदालत डडेल्धुराको फैसलाले लागू औषध (चरेश) मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकेपछि फरार रहेका अमरगढी नगरपालिका–४ बस्ने ५३ वर्षीय खगेन्द्र राज भट्ट पक्राउ परेका हुन् ।

भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीवार अमरगढी नगरपालिका–५ बागबजारबाट पक्राउ गरेको जनाएको छ ।

You might also like