कैलाली – सुदूरपश्चिमका २ जिल्लामा नयाँ सिडिओ पठाइएका छन् । शुक्रवार गृहमन्त्रालयले २ जिल्लामा नयाँ सिडिओ पठाएको हो ।
जसमा जिल्ला प्रशासन कार्यालय बैतडी र डोटी रहेका छन् । अहिले डोटीमा कार्यरत गोपाल प्रसाद अर्यालको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ भने अर्का मोहनराज जोशीलाई डोटी सरुवा गरि पठाइएको छ। उनी इलाका प्रशासन कार्यालय बुटवलमा कार्यरत थिए ।
यस्तै उता दिर्घराज उपाध्यायलाई गृहमन्त्रालयबाट बैतडी पठाइएको छ । बैतडीबाट सिडिओ भीमकान्त शर्मालाई
डोटी सरुवा गरेकोमा कामकाज भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा गर्ने गरि खटाइएको छ ।
उनीहरूसहित मन्त्रालयले आज १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको थियो ।