धनगडी -उद्घोषण कला सम्बन्धित चार दिने तालिम आज बाट कैलालीको धनगढीमा सुरु भएको छ। कैलालीको जागृति फाउन्डेसनको कार्यालय तारानगरको आयोजना मा धनगढी कैलालीमा तालिमको उद्घाटन भएको हो ।

तालिम कार्यक्रममा मा जम्मा १८ जना को सहभागीता भएको आयोजक जागृति फाउन्डेसनले जनाएको छ ।
आज सम्पन्न भएको उद्घाटन कार्यक्रम संस्थाको अध्यक्षता सुमन भट्ट पनेरु अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि प्रोफेसर डा.राजन विनायक पासा हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि डा. राजन विनायक पासाले उद्घोषण कलाको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो भने उक्त कार्यक्रमको औपचारीक कार्यक्रम लाई संस्थाका कार्यकारी निर्देशक रोशन प्रसाद श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।
