जय बाबा घटाल क्लवको १५औँ संस्करणको फुटबल प्रतियोगिता भोली देखी

डडेल्धुरा-जिल्ला सदरमुकामको टुडिखेलमा आयोजना हुने जय बाबा घटाल क्वल १५औँ संस्करणको फुटबल प्रतियोगिता यही भोली कात्तिक ८ गते देखि हुने भएको छ । प्रत्येक वर्ष हुदै आएको जिल्ला स्तरिय खुल्ला पुरुष फुटबल प्रतियोगिताको प्रथम पुरस्कार राशि ४५ हजार रुपैयाँ रहेको क्लवका अध्यक्ष विकास भण्डारीले जानकारी दिए ।


प्रतियोगिताको द्धितिय पुरस्कार २० हजार रुपैयाँ नगदसहित ट्रफी संगै खेलाडीलाई प्रमाणपत्र र मेडलले सम्मान गरिने छ । टीम दर्ताका लागी पाँच हजार रुपैयाँ शुल्क तोकिएको उनले बताए । यही प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुदका लागी खेलाडी छनौटसमेत गरिने उनले बताए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागिता जनाउने टीमका सबै खेलाडी जिल्ला भित्रको हुनु पर्ने उनले बताए ।

गत वर्ष भएको १४औँ संस्करणको उपाधी आयोजक जय बाबा घटाल क्लवले नै कब्जा गरेको थियो भने द्धितिय दीपज्योती युवा क्लव भएको थियो ।

You might also like