डडेल्धुरा-“स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ डडेल्धुरा जिल्ला छनौट प्रतियोगीता आज बाट डडेल्धुराबाट सुरु भएको छ ।

डडेल्धुरा जिल्ला खेलकुद समितिका अध्यक्ष डम्बर बहादुर थापाका अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिँह भण्डारीको प्रमख आतिथ्यता तथा जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख, संञ्चारकर्मी तथा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

आज उद्घाटन भएको छनौट प्रतियोगिता १० गते सम्म संञ्चालन हुने छ भने जम्मा १६ वटा खेलमा प्रतिस्पद्र्धा गराइनेछ । छनौट खेलका लागी जिल्ला भरी बाट ५ सय भन्दा बढी खेलाडीहरुको आवेदन आएकोमा २५० जना खेलाडी लाई छनौट गरी सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगितामा सहभागीता गराइने डडेल्धुरा खेलकुद विकास समितिका अध्यक्ष डम्बर बहादुर थापाले बताए ।

जिल्ला बाट छनौट भएका खेलाडीहरुले कार्तिक २४ गते बाट धनगढीमा हुने सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगितामा सहभागी जनाउनेछन् ।
प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुले यहि मंसिर २ गते देखी ९ गते सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुुल प्रतियोगितामा सहभागी जनाउनेछन् ।