डडेल्धुरा-डडेल्धुरामा ‘जय भुवन कप–२’ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । जय भुवन युवा क्लब एरोडाले आज पत्रकार महासंघ डडेल्धुराको सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धि विविध जानकारी गराईएको थियो ।
क्लवका अनुसार प्रतियोगिताको दोश्रो संस्करण यहि कात्तिक १२ देखि १६ गतेसम्म डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं.–१ कोटेलीको एरोडा खेलमैदानमा आयोजना गर्न लागेको हो ।
क्लबका अध्यक्ष किरन ऐरका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ८७ हजार रुपैयाँ र द्धितिय हुने टिमले ४७ हजार रुपैयाँ तथा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उनले खेल अवधिभर उत्कृष्ट हुने ब्याटस् म्यान, बलर र खेलाडीलाई पनि ट्रफिका साथै पुरुस्कार दिइने बताए ।
टीममा जिल्ला बाहिरका ४ जना खेलाडी मात्रै राख्न पाइने उनले बताए । कात्तिक ९ गतेसम्म टीम दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क १० हजार तोकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा नवदुर्गा गाउँपालिका रहेको छ भने सह-प्रायोजकको रुपमा नवदुर्गाा गाउँपालिका वडा नं.१, स्थानिय युवा अमर बहादुर ऐर र सुरेन्द्र बहादुर बुढाऐर रहेका छन ।
प्रतियोगिताको औपचारिक उद्घाटन कार्तिक १२ गते विहान १० बजे सुदुरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्रि सरस्वती खड्काले गर्ने आयोजकले पत्रकार सम्मेलनमा बताएको छ ।