अमरगढीमा वडा स्तरीय पुरुष भलिवल प्रतियोगीता हुदै

डडेल्धुरा-जनहितकारि युवा क्लव अमरगढी १ को आयोजनामा अमरगढी नगरपालिका वडा स्तरीय पुरुष भलिवल प्रतियोगीता हुन लागेको क्लवका अध्यक्ष सुरत तमोलीले बताए ।


जनहितकारी क्लवको हिजो बसेको भेलाले तिहारको अवसर पारी आउदो कार्तिक १४ र १५ गते अमरगढी नगरपालिका वडा नं.१को मालममा वडा स्तरीय पुरुष भलिवल प्रतियोगीता तथा विभिन्न कलाकारहरुको सांगीतक प्रस्तुती सहितको सास्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।


नगरपालिकाको ११ वटा वडाको टोलीले भाग लिने अपेक्षा गरिएको उक्त प्रतियोगीतामा विजेता टिमले २५ हजार नगदका साथै मेडल, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले १३ हजार नगदका साथै मेडल, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछन यसका साथै प्रतियोगीतामा तृतिय स्थान हुने टिमले नगद रु ६ हजार का साथै मेडल, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगीतामा सहभागी हुनको लागी ३ हजार ५ सय रुपैया इन्ट्रि शुल्क तोकिएको क्लवका अध्यक्ष सुरत तमोलीले बताए ।

You might also like