डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु १२ जना घाइते

डडेल्धुरा-महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी तर्फ जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरया खान दुर्घटना भएको हो।


दुर्घटनामा परि ४ जनाको निधन भएको छ भने १२ जना घाईते भएका छन् । उक्त दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका वडा नं.३ का ४५ वार्षिय जैमती बोहरा,पुर्चौडी नगरपालिका वडा नं.३ कै २ दिनको नावालक, नावालकको आमा वर्ष २१ को कमला बोहरा र वर्ष २२ को सहदेव बोहराको निधन भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा घाइते बस चालक वर्ष २४ का बिरेन्द्र बोहरा र डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका वडा नं.१ का मुकुन्द बोहरा लाई थप उपचारका लागी धनगढी तर्फ रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार अन्य ८ जना यात्रुहरु मध्यम स्तरको घाइते रहेका र २ जना यात्रु सामान्य घाइते रहेका छन् ।

You might also like