डडेल्धुरा-जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. १ ऐरोडामा दोश्रो संस्करणको जयभुवन जिल्ला स्तरीय खुल्ला टि २० क्रिकेट प्रतियोगिता कार्तिक १२ गते बाट हुने भएको छ ।
नवदुर्गा गाउापालिका वडा नं. १ को जय भुवन युवा क्लव एरोडाले क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण आयोजना गर्न लागेको हो । चाडपर्व लाई लक्षित गर्दै आगामी तिहारको समय पारी प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष किरण ऐरले बताए ।

प्रतियोगिताको बारेमा बिस्तृत जानकारी आउदो कार्तिक पहिलो हप्ता पत्रकार सम्मेलन गरे दिइने क्लवले जनाएको छ । गत वर्ष आयोजना गरिएको पहिलो संस्करणमा जिल्ला भरीका १२ वटा टिमले प्रतिस्पद्र्धा गरेका थिए भने यो पटक अझ वढी टिमले सहभागिता जनाउने विश्वास लिएको क्लवका अध्यक्ष किरण ऐरले बताए ।

प्रतियोगिता संञ्चालनका लागी क्लवका शुभचिन्तकहरुले सहयोगरीरहेको क्लवले जनाएको छ । डडेल्धुरा जिल्लामा क्रिकेट खेल्नका लागी उत्कृष्ट खेलमैदानहरु मध्ये को एक मानिने एरोडाको खेल मैदानमा प्रतियोगिता संञ्चालन हुनेछ ।
कार्तिक १२ गते देखी १६ गते सम्म संञ्चालन हुने प्रतियोगितामा करिव १५ टिमले सहभागीता जनाउनेछ । यस प्रतियोगितामा झिल्को न्यूज डट कम मिडिया पार्टनरको रुपमा रहनेछ ।