यस्ताे बन्याे एनपीएलमा सुदूरपश्चिम रोयल्सकाे टीम

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आज सात वटै प्रदेशका हरेक टीमले अक्सनमार्फत् हरेक टीममा १०/१० खेलाडी भित्रिएका छन् ।

सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी रहेका छन् । हिजाे अक्सनमा र्फात नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । आइतवार भएको अक्सनमा सेखलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो ।

त्यस्तै टी–२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरा पनि सुदूरपश्चिम बाट खेल्ने भएका छन्। यस्तै अनय खेलाडीमा विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ र नरेन साउद रहेका छन् ।

You might also like