अमरगढी टि-२० क्रिकेट प्रतियोगीताको दोश्रो दिन ३ खेल सम्पन्न

डडेल्धुरा-डडेल्धुरा सदरमुकाममा हिजो बाट जारी अमरगढी टि २० क्रिकेट प्रतियोगिताको दोश्रो दिन ३ वटा खेलहरु सम्पन्न भएका छन् ।
आज विहान भएको पहिलो खेलमा परशुराम नगरपालिकाको टिमले मिलन यूवा क्लव भातकाडा लाई पराजीत गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा परशुराम नगरपालिकाले पहिले व्याटिंग गर्दै २७५ रनको लक्ष दिएकोमा प्रत्युत्तरमा मिलन युवा क्लवले ६ विकेट गुमाउदै जम्मा ११९ रन बनाएको थियो ।

दोश्रो निकै रोमान्चकारी खेलमा घटाल युथ क्लवले विष्ट व्रदर्श जिम एण्ड बर्गर हाउस लाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेको छ भने आजै सम्पन्न भएको तेश्रो खेलमा जय बाबा घटाल युवा क्लवले योंग स्टार क्लव लाई पराजित गर्दै दोश्रो चरणको यात्रा सुरुवात गरेको छ ।

दोश्रो खेलमा घटाल युथ क्लव ले विष्ट व्रदर्श जिम एण्ड बर्गर हाउस लाई २ विकेटले पराजित गरेको थियो भने अन्तिम खेलमा जयबाबा घटाल युवा क्लवले योँग स्टार क्लब लाई १०४ रनले पराजित गरेको थियो ।
डडेल्धुरामा सर्वाधिक पुरस्कारको रुपमा लिइएको यो प्रतियोगिताको फाइनल खेल असोज २४ गते हुने आयोजक दिप डडेल्धुराले जनाएको छ ।

You might also like