डडेल्धुरा-जिल्ला भलिवल संघ डडेल्धुराको आयोजनामा जिल्ला सदरमुकाममा आज पहिलो अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको आज एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले उद्घाटन गर्नुभएको हो । ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि जोशीले समाजको सशक्तीकरणमा खेलकुदले ठूलो भूमिका निर्भर गरेको बताए। उनले खेलाडीले आत्मविश्वासका साथ आफ्नो प्रतीभा देखाउनुपर्ने बताए।
देशमा अवसर नपाएर खेलाडीहरू पलायन हुनेक्रममा पनि रहेको उनको भनाइ थियो। प्रदेशसभा जोशीले खेलाडीहरूलाई स्वदेशमै खेल्ने वातावरण बनाउन सबैले एकढिक्का भएर लाग्नुपर्नेमामा जोड दिए। उनले भने, ‘खेलकुद पूर्वाधार विकास हुन सकेको छैन। अब सबैले त्यसतर्फ ध्यान दिनुपर्दछ।’
जिल्ला भलिबल संघ डडेल्धुराको आयोजनामा ज्ञानोदय विद्यालय निकेतन तुफानडाँडाको प्राङ्गणमा भइरहेको प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहका टिमले सहभागिता जनाएका छन्।
नेपालको राष्ट्रिय खेल भलिबलको प्रचारप्रसार तथा जिल्लामा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले बताए।
कार्यक्रममा स्वागत मनतव्य राख्दै जिल्ला भलिवल संघका सदश्य जगत ऐरले संसारका राष्ट्र प्रमुखहरुको नाम धेरैलाई थाहा नहोला तर ति राष्ट्रका खेलाडी हरु लाई विश्वले चिन्ने बताउदै सबै तहले खेलकुदमा लगानी बढाउनु पर्ने बताउनुभएको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ, द्धितिय हुने टिमले २५ हजार १ सय ११ तथा तृतीय हुने टिमले १५ हजार १ सय ११ रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट ब्लकर र बेस्ट सेटरलगायत अन्य विद्यामा समेत पुरस्कारको व्यवस्था गरिएको छ।

उद्घाटन कार्यक्रममा डडेल्धुराका स्थानियतहका प्रमख तथा प्रतिनिधि लगायत विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थितीरहेको थियो भने भोली कार्यक्रमको समापन हुनेछ । जिल्ला भलिबल संघ डडेल्धुराका अध्यक्ष राजेन्द्र ठगुन्नाका अनुसार थोरै श्रोतका बावजुत आयोजना गरिएको यो प्रतियोगिता लाई आगामी वर्ष बाट नियमित रुपमा आयोजना गरिनेछ ।
