मुगुको सोरुमा पहिलो पटक पढाइ मेला

मुगु-मुगुको सोरु गाउँपालिकामा पहिलो पटक पढाइ मेला सम्पन्न भएको छ । सोरु गाउँपालिकाको वडा न ७ सीपमा पहिलोपटक विद्यालय स्तरीय पढाई मेला सम्पन्न भएको छ ।


सोरु गाउँपालिकाको समन्वय, युनाइटेड मिसन टु नेपाल र ग्रामिण सामुदायिक संस्थाको साझेदारी तथा विजय आधारभुत विद्यालयको आयोजनामा भएको कार्यक्रममा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुविच कक्षागत पढाई प्रतियोगिता, चित्रकला तथा श्रुतिलेखन प्रतियोगिता आयेजना गरिएको थियो ।

ग्रामिण सामुदायिक संस्थाले अपांगता अधिकार तथा शिक्षा सुदृढिकरण परियोजना अन्र्तगत गुणस्तरिय शिक्षाका लागि क्रियाकलापमा आधारित तथा प्रयोगात्मक विधि मार्फत प्रभावकारी सिकाइलाई जोड दिदै कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
उक्त पढाई मेला कार्यक्रमको सोरु गाउँपालिका उपाध्यक्ष केशरजंग शाहीले उद्घाटन गरेका थिए । अहिले सम्मको पहिलो कार्यक्रम भएको र सवै विद्यालयको लागि नयाँ अभ्यासको थालनी भएको यस कार्यक्रमले बालवालिकाको शैक्षिक सिकाइमा सहयोग हुने कार्यक्रमका अधिकांस वक्ताले बताउनु भएको थियो ।

पढाई मेलाको स्टलमा स्थानिय स्रोत साधनको प्रयोग गरी गरी निर्माण गरिएका विषयगत पठन सामग्रीहरु, कथा कविता, गीत, अभिभावकहरु तथा विद्यार्थी निर्मित सामग्रीहरु प्रदर्शनीका लागी राखिएका थिए ।

मेलामा सोरु गाउँपालिकाका ६ वटा विद्यालयका विद्यार्थीहरुले घरेलु तथा कृर्षि सामग्री, चित्र,मुर्तिहरु प्रदर्शनीमा राखेका थिए । केहीले आपनो गाउँघरको संस्कृति झल्काउन परम्परागत भेषभुषामा नाचगान प्रस्तुत गरेका थिए ।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजंगशाहीले शैक्षिक गुणस्तरका लागि गर्नुपर्ने काम र शिक्षकको भुमिका बारे मेलाबाट सिक्ने अवसर मिलेको बताए । ग्रामिण सामुदायिक संस्थाका कार्यक्रम संयोजक बासु रावलले बालवालिकाको पढाई बानीमा सुधार गर्ने र समुदायमा अभिभावकलाई पढाइ प्रति जागरुक गराउने उद्देश्यले मेला आयोजना गरिएको बताए, उनकाअनुसार मेलामा ३०० विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवाला सहभागी थिए । मेलामा विभिन्न ज्ञान,सीप, कला संस्कृतिसँगै विभिन्न शिक्षण विधि,पाठ्य सामग्रीहरु र विद्यार्थीका प्रतिभाहरु प्रस्तुत गरिएको थियो ।

You might also like