सुदूरपश्चिममा क्रिकेट खेलाडी टिकाउन तलब दिने तयारी

डडेल्धुरा-  सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलाडी टिकाउन तलब दिने तयारी गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले क्रिकेट खेलाडीहरू धमाधम विभागीय टोलीमा जाने लहर चलेपछि तलब दिने तयारी गरेको हो ।

प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले प्रदेशका १० जना उत्कृष्ट महिला तथा पुरुष क्रिकेट खेलाडीलाई मासिक तलब दिने तयारी गरिएको बताए।

खेलाडीहरु प्रदेशको प्रतिनिधत्व गरेर खेलेपछि विभागीय टोलीमा जाने लहर चलेपछि तलब दिने तयारी गरिएको उनले बताए । खेलाडीहरुलाई असोज देखि नै मासिक १५ हजार रुपैयाँ तलब दिने योजना रहेको उनले बताए ।

अध्यक्ष जोशीका अनुसार क्रिकेट खेलाडीलाई तलब दिन निजी क्षेत्रबाट प्रायोजक खोज्ने काम भइरहेको छ।

You might also like