डडेल्धुरा अस्पतालको निमित्त मेसुमा डा. नरेन्द्र खनाल आउँदै

डडेल्धुरा- डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. नरेन्द्र खनाल आउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै  उनीलाई पठाउन लागेका हुन् ।  डा खनाल दसौँ तहका चिकित्सक हुन् ।

यसअघि डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. सन्तोष कुमार गुप्ताले सम्हालिरहेका थिए ।

You might also like