अब डडेल्धुराको अमरगढीमा पनि नगर प्रहरी

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा नगर प्रहरी भर्ना गराउन लागेको हो ।

नायव निरीक्षक एकजना, हवल्दार एकजना र जवान ७ गरी ९ जना नगर प्रहरी भर्ना गर्न लागेको हो । सूचना अनुसार इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।

You might also like