गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू

कैलाली- सुदूरपश्चिममै पहिलो पटक गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ।

बुधवारबाट अस्पतालमा स्तन क्यान्सरको परीक्षण अर्थात् म्यामोग्राफी सेवा सुरू भएको हो  बुधवार अस्पतालमा म्यामोग्राफी मसिन जडान भएसँगै स्तन क्यान्सरको परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ।

स्तन क्यान्सरको परीक्षण र उपचार गेटा अस्पतालमा सुरू भएसँगै सुदूरपश्चिमका बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। अस्पतालमा अत्याधुनिक उपकरण जडान गरेर परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले हप्तामा २ दिन स्तनक्यान्सरको जाँच सेवा सुरु भएको जानकारी दिए । उनले कार्तिकदेखि पूर्णरुपमा सञ्चालनमा आउने बताए ।

You might also like