डडेल्धुराको भात्काडामा व्यवस्थित चार्जिंग स्टेशनको उद्घाटन

डडेल्धुरा-डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.१ भात्काडामा विद्युतिय सवारी साधन लाई लक्षित गरि व्यवस्थित चार्जिग स्टेशनको उद्घाटन गरिएको छ ।
आज एक कार्यक्रमका विच नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेसिक कार्यालयका कार्यालय प्रमुख जंग बहादुर चन्द ले द्धिप प्रज्वलन तथा रिवन काटेर चार्जिंग स्टेशनको उद्घाटन गर्नुभएको हो ।

डडेल्धुरा धनगढी भिमदत्त राजमार्गमा हिड्ने सवारी साधन लाई लक्षित गरि खोलिएको होटेल डुब्का एन चार्जिंग स्टेशन को यो दोश्रो शाखा हो । यस अघि डोटीको जोरायल गाउँपालिका वडा नं २ को बुडर बजारमा होटेल डुब्का एन चार्जिँग स्टेशन संञ्चालन मा रहेको छ ।


सि.सि.एस. टु र जि.वि.टि. प्रविधि को चार्जिंग स्टेशन सुदुरपश्चिमको पहाडि जिल्लामा यो तेश्रो हो । पछिल्लो समय वातावरण मैत्री सवारी साधन को रुपमा विद्युतिय सवारी साधन प्रयोग गर्ने क्रम बढेकोले नेपाल विद्युत प्राधिकरणको तर्फ बाट पनि देश भरमा १०० वटा चार्जिँग स्टेशन खोलिएको र अझै खोल्ने क्रम जारी रहेको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेसिक कार्यालयका कार्यालय प्रमुख जंग बहादुर चन्दले बताउनुभयो ।

प्राधिकरणमा नयाँ व्यवस्थापन आए संगै नयाँ लाइन विस्तार गर्नको लागी कुनै समस्या नभएको र नयाँ स्थानमा चार्जिां स्टेशन खोल्न चाहनेहरुलाई प्राधिकरणको तर्फ बाट सहयोग हुने नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका कार्यालय प्रमुख जंग बहादुर चन्द ले बताउनु भयो ।

सुदुरपश्चिममा विजुलीबस भित्राउने पहिलो समितिको रुपमा चिनिने विजुली बस सेवा प्रा.ली.का समेत संञ्चालक रहेका होटेल डुब्का एन चार्जिग स्टेशनका संञ्चालकहरुले बुडर बजार र भात्काडा बजारमा रहेको दुई वटै ठाँउमा चार्जिंग सुविधा संगै स्वादिस्ट खाना तथा नास्ताको व्यवस्था रहेको बताउनु भयो ।

You might also like