डडेल्धुरा- डडेल्धुराबाट चरेशसहित २ जना पक्राउ परेका छन् ।
जिल्लाको अमरगढी नगरपालिका–७ पोखरा बजारबाट सोही ठाउँ बस्ने ३५ वर्षीय तेज कैनी पक्राउ परेका हुन् । कैनीलाई ८ ग्राम चरेशसहित प्रहरी चौकी पोखराबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ ।
यस्तै अजयमेरू गाउँपालिका–६ भण्डारीगाउँबाट सोही ठाउँ बस्ने ४५ वर्षीय राज सिंह भण्डारी पक्राउ परेका हुन् । भण्डारीलाई ४७.३४ ग्राम चरेशसहित अस्थायी प्रहरी पोष्ट राजुलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
चरेशसहित दुवे जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।