डडेल्धुराको खलंगा घर भएका डा सजन केसीको निधन

डडेल्धुरा- चितवनको भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा. सजन केसीको निधन भएको छ । आज (आइतबार)  डा. केसीको ४४ वर्षको उमेरमा ह्दयघातका कारण काठमाडौंमा निधन भएको हो ।

अस्पतालका १०औं तह कार्यरत  केसी विगत ६ वर्षदेखि भरतपुर अस्पतालमा काम गर्दै आएका थिए । केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो ।  डा. केसी  स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत थिए ।

डडेल्धुराकाे अमरगढी नगरपालिका–४ खलंगा पुख्यौली घर भएका उनले  चितवनको पुरानो मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए । त्यसपछि केसीले  नेम्सबाट एमडी गरेका थिए ।

हाल काठमाडाैंमा बस्दै आएका उनी कैलालीकाे सेती प्रादेशिक अस्पतालकाे मेसु पनि भएका थिए । एमबिबिएस  सकेपछि उनका बुवाकाे आग्रहमा उनले गृहजिल्ला डडेल्धुरा आएर सेवा दिएका थिए । २०६२ सालमा जिल्ला अस्पताल डडेल्धुरामा काम गरेका उनी हाल भरतपुरमा बसेर बिरामीको सेवा गर्दै आएका थिए ।

You might also like