पिपल्स च्वाइस अवार्ड डडेल्धुराकी कविता भट्टलाई

डडेल्धुरा-नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा राष्ट्रिय भलिबल टिमकी कविता भट्टले अत्यधिक मतका साथ पिपल्स च्वाइस अवार्ड जितेकी छन् ।

आज शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्ड वितरण कार्यक्रममा कविताले ५६ प्रतिशत भोटसहित पिपल्स च्वाइस अवार्ड –२०८० जितेकी हुन् ।

यस विधाको मनोनयनमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुल्सन झा मनोनयनमा परेका थिए ।

जसमा मानमतिले १९, प्रीतिले १६, श्रीरामले ४।४, गुल्सनले ४।४ प्रतिशत मत पाए । कविताको घर डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ भात्काडा हो । नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ ।
कविता लाई जिताउनका लागी देशभर विभिन्न अभियानहरु संञ्चालन गरिएको थियो भने उनकाृ गृह जिल्ला डडेल्धुरामा जिल्ला भलिवल संघ डडेल्धुराले कविता भट्ट जिताउ अभियान संञ्चालन गरेको थियो ।

You might also like