अमेरिकाको अस्टिन सहरमा गौरा पर्व मनाइँदै

डडेल्धुरा–सुदूरपश्चिमेली समाज संयुक्त राज्य अमेरिका अन्तर्गत टेक्सासको राजधानी अस्टिनमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरुले यसवर्षको गौरा पर्व भव्य रुपमा मनाउने तयारी गरिरहेका छन ।

करिव ५० परिवार जति सुदुरपश्चिमेलीहरुको बसोबास रहेको अस्टिन सहरमा सन् २०२२ देखि गौरा पर्व परम्पराअनुसार मनाउन थालिएको हो । यो वर्ष अगस्त २३ मा तेश्रो संस्करणको रुपमा अझ भव्य रुपमा गौरा पर्व मनाउन लागिएको डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउपालिका जन्मथलो भई हाल अमेरिकाको अस्टिनमा बसोवास गरिरहेका अशोक शाहीले बताए ।

टेक्सासको अस्टिन सहरमा ग्रेटर अस्टिन नेप्लीज सोसाइटीले निर्माण गरेको भव्य पशुपतिनाथ मन्दिर परिसरमा गौरा पर्व मनाईने स्थानीय आयोजक सुदुरपश्चिमेली नेपाली समाज, टेक्सास ले जनाएको छ । यस वर्षको गौरा पर्वमा देउडा सम्राटका नामले प्रशिद्ध लोक देउडा गायक नन्दकृष्ण जोशीको सांगितिक प्रस्तुति रहने छ । यसका साथै गौरा नाच, छलीया नाच र डेउडा जस्ता सुदूरपश्चिमेली संस्कृतिका झाँकी प्रस्तुत गरिने ग्रटर अस्टिन नेप्लीज सोसायटीका पूर्व अध्यक्ष भोजराज भट्टले बताए ।


सात समुन्द्र टाढा रहँदा पनि नेपालीहरुले आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिमै रमाउने गरेको र मौलिक संस्कृति र परम्परासँगै आफ्ना रितिरिवाजहरु पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरेको कञ्चनपुर जन्मघर भई हाल अमेरिकाको अस्टिन सहरमा बस्दै आएका तथा यस कार्यक्रमका संयोजक सुरेन अवस्थीले बताए ।

गौरा पर्व अस्टिनमा वस्ने सुदूरपश्चिमेलीहरुले आयोजना गर्ने भए पनि त्यहाँ रहेका अन्य नेपालीहरु पनि सहभागी भै गौरा पुजन हेर्ने तथा पाईतला मिलाएर देउडा नाच्ने हुदा यस्ता कार्यक्रमहरुले सुदूरपश्चिमेली सस्कृतिको प्रचार प्रसार पनि भईरहेको डडेल्धुराको भागेश्वर गाउँपालिका रुपाल जन्मथलो भई हाल अस्टिनमा वसोवार गर्ने प्रवासी नेपालीको छाता संगठन गैर आवासिय संघ अन्तराष्ट्रिय समन्वय परिषद केन्द्रिय सदश्य पदम ठकुराठीले बताए ।

You might also like