डडेल्धुरा-डडेल्धुरा जिल्लाको सदरमुकामको व्यस्त चोक मानिने तुफानाडाँडा चोकमा रहेको एक सहकारीमा चोरी भएको छ । जिल्ला सदरमुकामको तुफानडाँडामा रहेको सुन्दर अमरगढी सहकारीमा नगद र ल्यापटप चोरी भएको हो जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सहकारीबाट नगद २५ हजार रुपैयाँ र एक ल्यापटप चोरी भएको हो ।
चोरी भएको जानकारी पाएपछि अहिले प्रहरी टोली सहकारीमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान भईरहेको छ ।
