सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा By झिल्काे न्युज On २०८१ श्रावण १८, शुक्रबार १७:३७ कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन् । २० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेका थिए । उक्त संसद्मा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् ।