कांग्रेस वीपी र राष्ट्रिय शक्ति नेपाल विच कार्यगत एकता

राजसंस्था र २०४७ सालको संविधान पुनस्स्थापनासहितका साझा एजेण्डा राखेर कांग्रेस वीपी र राष्ट्रिय शक्ति नेपालबीच कार्यगत एकता भएको छ ।
२०४७ को संविधान र संवैधानिक राजसंस्था पुनः स्थापना, भ्रष्टाचार र कुशासन अन्त्यलगायत एजेण्डासहित संसद् बाहिर रहेका दुई राजनीतिक दल कांग्रेस वीपी र राष्ट्रिय शक्ति नेपालबीच बिहीबार एक कार्यक्रमका विच कार्यगत एकता सम्झौतामा हस्ताक्षर भएको हो ।

बीपी कांग्रेसका सभापति सुशीलमान शेरचन र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशवबहादुर विष्टले कार्यगत एकता सम्झौतामा हस्ताक्षर गरेका छन्। शेरचन कांग्रेसबाट २०५१ को प्रतिनिधिसभा चुनावमा मुस्ताङबाट निर्वाचित भएका थिए । शेरचन पूर्व पर्यटन सहायकमन्त्री पनि हुन् ।

विष्ट पञ्चायत र बहुदलकालमा पटक-पटक मन्त्री भएका थिए । २०४६ पछि कांग्रेस, स्वतन्त्र, राप्रपा हुँदै बिष्ट आफैं दल गठन गरेर २०४७ को संविधान पुनस् स्थापना गर्ने अभियानमा लागेका थिए। वीपी कांग्रेसका सभापति शेरचनले आफ्ना माग जनस्तरसम्म पुर्‍याउन कार्यगत एकतासँगै दसैं, तिहार, छठ, नेपाल सम्वतलगायत प्रमुख चाडपर्वलगत्तैबाट १ महिना लामो आन्दोलन गरिने बताए ।

कार्यगत एकता घोषणा कार्यक्रममा पूर्वमन्त्री बिष्टले समान विचार भएका दुई दलबीच सहकार्य गरेर आन्दोलनमा जान लागिएको बताए । अहिलेको व्यवस्थाले देश अघि बढ्न नसक्ने उनले बताए ।

You might also like