पोखरामा स्कूल बस दुर्घटना : एक जनाको मृत्यु, दर्जनौँ घाईते

काठमाडौ- विद्यार्थी बोकेर स्कूल जाँदै गरेको बस सोमबार बिहान दुर्घटना हुँदा पोखरामा एक महिलाको मृत्यु भएको छ । उनी सोही बसको कर्मचारी भएको बताइएको छ ।

बसमा २२ विद्यार्थीसहित २४ जना सवार थिए । दर्जन बढी विद्यार्थी घाइते भएको वडा प्रहरी कार्यालय बैदमका प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठले बताए ।

घरबाट विद्यार्थी लिएर स्कूल जादै गरेको एलपी देवकोटा मेमेरियलको बस पोखराको फुस्रेखोलानेर दुर्घटनामा परेको हो । ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।

घाइते विद्यार्थीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

You might also like