विद्यालयको अतिरिक्त क्रियाक्लापमा युवाको सहयोग

डडेल्धुरा-विद्यालयमा हुने नियमित कार्यक्रम अन्तर्गत आज एक विद्यालयमा भएको अतिरिक्त क्रियाकलापका विजेताहरु लाई व्यक्तिगत रुपमा पुरस्कार सहयोग गर्दै डडेल्धुराका युवा सुरत तमोलीले सामाजिक उत्तरदायी भुमिका निर्वाह गरेका छन् ।
आज शुक्रवारका दिन अमरगढी नगरपालिका वडा नम्बर ४ स्थित श्री बैजनाथ आधारभूत विद्यालय हरडी भलीयामा शुक्रबारे कार्यक्रम अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थिहरु लाई डडेल्धुराका युवा समाजसेवी सुरत तमोलीले व्यक्तिगत रुपमा पुरस्कार वितरण गरेका हुन । विद्यालयका प्रधानाध्यापक भुवन बिस्ट , युवा समाजसेवी सागर साउद, सन्तोष ऐर तथा गणेश बोहोरा संगको समन्वयमा पुरस्कार वितरण गरिएको बताउदै युवा समाजसेवी सुरत तमोलीले सानो भए पनि विद्यालय को अतिरिक्त क्रियाकलापमा सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको र आउँदा दिनमा पनि सक्दो सहयोग रहनेछ प्रतिवद्धता व्यक्त गरेका छन।

You might also like