धनगढी-नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सोडारीले चार दलको समर्थनमा आजै मुख्यमान्त्रीमा दाबी पेस गरेका थिए। उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समेत समर्थन रहेको छ।