डडेल्धुरा-नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति डडेल्धुराले ने.वि.संघको ५५औ स्थापना दिवसको अवसरमा डडेल्धुराको कर्तिपुर स्थित डडेल्धुरा कारागारमा रहेका कैदिवन्दिलाई पुस्तक वितरण गरेको छ ।
ने.वि.संघ डडेल्धुराका अध्यक्ष पवन ऐर, ने.वि.संघ केन्द्रीय सदस्यहरु ई.भुवन भट्ट, जगत ऐर, डडेल्धुरा क्याम्पस स्ववियु सभापति दुर्गा भट्ट लगायत नेताहरु डडेल्धुरा कारागारमा पुगेर कांग्रेसका ईतिहास, संस्थापक नेताहरुका जिवनि र संघर्ष, साहित्य संग सम्वन्धित २ दर्जन पुस्तक कैदिवन्दिहरुलाई वितरण गरेका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेताहरुले व्यवस्था परिवर्तन र जनताको स्वतन्त्रता, सामाजिक न्यायका लागि लामो कष्टकर जेलजिवन विताएको सम्झनामा डडेल्धुरा कारागारमा कैदिवन्दिहरुलाई केही राहत होस, नेताहरुको राजनीतिक जिवनका वारेमा जानकारि होस भन्ने हेतुले पुस्तक वितरण गरिएको ने.वि.संघ डडेल्धुराका जिल्ला अध्यक्ष पवन ऐरले वताए ।
पुस्तक वितरणले कैदिवन्दिलाई समय विताउन सहज होस र सकारात्मक सन्देश जाओस, लामो संघर्ष गर्नुभएका विपि कोइराला,गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत कांग्रेसका संस्थापक नेताहरुको जेलजिवन र संघर्षका वारेमा जानकारि होस भनेर ने.वि.संघको ५५औ स्थापना दिवसमा संस्थापक नेताहरुलाई स्मरण गर्दै पुस्तक वितरण गरिएको डडेल्धुरा कारागार पुगेका ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले वताए ।
