डडेल्धुराको तुफानडाँडा चोकमा सेवा सुचारु गरेको टिम अस्पताल प्रा.ली.मा बैशाख १९ गते कन्सलटेन्ट फिजिसियन डा. अकाश रावत आउने भएका छन् ।

गत चैत्र बाट सामान्य चिकित्सा सेवा सुरु गरेको अस्पतालले बैशाख १२ गते देखी प्रत्येक साता विशेषज्ञ चिकित्सक ल्याउने उद्देश्य अनुरुप गत बैशाख १२ गते हाड, जोर्नी तथा नशारोग विशेषज्ञ र स्त्रिरोग विशेषज्ञ ल्याई सेवा प्रदान गरेको मा यो साता कन्सलटेन्ट फिजिसियन ल्याउन लागिएको अस्पलताल प्रशासक सुरेन्द्र जैरुले बताए ।
अस्पतालले हाल अध्याधुनीक प्रयोगशाला, डिजिटल एक्सरे सेवा, फार्मेसी सेवा, भिडियो एक्सरे, ई.सि.जि., ओ.पी.डी सेवा उपलब्ध गराईरहेको छ । अस्पतालले एक सुचना प्रकासन गर्दै ब्लड प्रेसर, थाईराईड, पेट, मुटु तथा छाती सम्बन्धि समस्या, कलेजो सम्बन्धि समस्या भएका बिरामीहरुले फाईदा लिन सक्ने बताएको छ ।
बैशाख १९ गते बिहान ८ बजे देखी ५ बजे सम्म तुफानडाँडा स्थित अस्पतालमा विशेषज्ञ चिकित्सक बाट सेवा प्राप्त गर्न सकिने अस्पतालले जनाएको छ ।