सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन अस्थायी शिक्षकको माग

काठमाण्डौ अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीले आफूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तत्काल आवद्ध गर्न सरकारसँग माग गरेका छन ।

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासङ्घले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो माग गरेको हो ।आफूको पेशागत निरन्तरता सुनिश्चित हुनेगरि सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन सरकारलाई दवाव दिनुपरेको महासङ्घका केन्द्रिय तदर्थ समितिका सदस्य शङ्कर जिसीले बताउनुभयो ।

उहाँले उमेर पुगी र स्वेच्छिक अवकाशमा जाने चाहने अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीलाई सम्मानजनक ढङ्गले गोल्डेन ह्याण्डसेक उपलब्ध गराउन पनि सरकारलाई सचेत गराउनुभयो ।

जिसीले भन्नुभयो,“उमेर पुगेका तथा स्वेच्छिक रुपमा पेशाबाट बाहिरिन चाहने राहत तथा अस्थायी प्रकृतिका शिक्षकलाई सम्मानजनक गोल्डेन ह्यान्डसेक सुविधा उपलब्ध गरिनुपर्ने । राहत तथा सम्पूर्ण अस्थायी प्रकृति शिक्षक कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरी पेशागत निरन्तरता सुनिश्चित गरिनुपर्ने ।”

महासङ्घले आफूहरूको माग सम्बोधन हुनेगरि शिक्षा सम्बन्धी ऐन तथा नियमावली संशोधन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

 

You might also like