काठमाडौँ – कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक सोमवार बिहान ११ः०० बजे केन्द्रीय कार्यालयमा बोलाइएको हो।
बैठकमा समसामयिक राजनीतिक विषय, संसदीय दलको नेता चयन लगायतका विषयमा छलफल हुने जनाइएको छ।