सुटुक्क मन चोरी लै गै बजारमा

हर्क पाल अनुप र लोक ऐर रवीको नौलो प्रस्तुती देउडा गित सुटुक्क मन चोरी लै गैको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।


गायक तथा सर्जक हर्क पाल अनुप र लोक देउडा गायिका गौरी भट्टको आवाजमा रहेको देउडा गित सुटुक्क मन चोरी लै गै स्टुडियो मालश्रीमा रेकर्ड गरिएको हो भने विनोद वाजुरेलीले म्यूजिक एरेन्ज गरेका छन् ।
खप्तड फिल्मस ले निर्माण गरेको म्यूजिक भिडियो लाई भिम थापाले निर्देशन गरेका हुन । अमृत उपाध्यायले छायांकन रहेको भिडियोमा राज कुमार सिँह, निरुता विष्ट, शान्ति विष्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
म्यूजिक भिडयोको अधिकांस दृश्य डडेल्धुरामा छायाँकन गरिएको हो भने गितको भिडियो योँग एस पि ग्रुप नामक युटयुव च्यानल मार्फत हिजो सार्वजनिक गरिएको हो ।
भिडियो हेर्ने

 

You might also like