डोटीमा बोलेरो दुर्घटना, एक महिलाको मृत्यु

डोटीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको बडिकेदार गाउँपालिका -३ देवलको कच्ची सडक खण्डमा कैलालीको सुखड बाट देवलतर्फ आईरहेको सु.प.प्र.०१ ००१ च ४६५१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार बडिकेदार –३ बस्ने अन्दाजी ३५ वर्षकी लक्ष्मी कुमारी सलामीको मत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।

गए राति डेढ बजेको समयमा जीपको सापट भाँच्चिएर सडकमा पल्टिदा दुर्घटना भएको बताइएको छ । चालक सहित जम्मा ९ जना यात्रु रहेकोमा अन्य सबै जना सकुशल रहेको र प्रहरी सहायक निरीक्षक पदम राज भट्टको कमाण्डमा ४ जनाको टोली खटिएको जनाइएको छ ।

You might also like