कञ्चनपुर- जिल्लाको बेलौरी नगरपालिका–६ मा एक पुरुषले आफ्नै घाँटी रेटेको घटना सार्वजनिक भएको छ। सोमबार धानखेतमा गएर ४० वर्षीय श्याम रानाले घाँटी रेटेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार रानाको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ। प्रहरीका अनुसार उनी मानसिक रुपमा अस्वस्थ रहेको व्यक्ति हुन्।
स्थानीयका अनुसार खेतमै राखिएको साइकलमा रहेको हँसियाले उनले आफैं घाँटी काटेको प्रारम्भिक जानकारी आएको छ। प्रहरीका अनुसार घटनाको कारण अझै खुलेको छैन र आवश्यक अनुसन्धान जारी छ।