डडेल्धुुरा-विजयदशमी तथा शुभ दिपावलीको अवसरमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.९ का विपन्न, गरिव तथा सहारा विहिन ४३ परिवार लाई युवा समाजसेवी विनय प्रकाश मल्लले खाद्यान्न सहयोग गरेका छन् ।

आज एक विशेष कार्यक्रमका विच अमरगढी नगरपालिका वडा नं. ९को हतर्क, पनौली, ढकाउली, रोखला गाँउ , ढाँटगाँउ, लटसेरा, झुकालगाँउ, चमाल्लेख, साउनगाँउ का जम्मा ४३ परिवार लाई चामल, दाल, नुन, सावुन, तेल वितरण गरिएको हो ।
डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.४ स्थायी घर भई हाल रोजगार तथा व्यवसायको सिलसिलामा जापानको टोकियोमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले व्यक्तिगत तर्फ बाट खाद्यान्न सामाग्री सहयोग उपलब्ध गराएका हुन ।
समाजसेवी विनय प्रकाश मल्लको तर्फ बाट आमा बशन्ति देवी मल्ल मल्लले खाद्यान्न सामाग्रीहरु वितरण गर्नुभएको थियो ।